पार्टी एकताः अध्यक्षमै कुरो मिलेन, के हुन्छ अब ?


 


काठमाडौं, माघ २१
नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ।

पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको छ। आजको नेपाल समाचारपत्रमा खबर छ ।

नयाँ सरकार गठन भएपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने एमालेका एक नेताले बताए। निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादीका बीचमा पटक–पटक छलफल र वार्ता भए पनि सहमतिको टुंगो लाग्न सकेको छैन।

माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ भने एमाले सरकार गठन र पार्टी एकता प्रक्रिया एकसाथ अगाडि बढाउने नीतिमा रहेको छ।

सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले भने पर्ख र हेरको रणनीति लिएको छ। ओली र प्रचण्डका बीचमा नै पद बाँडफाँडमा कुरा मिल्न नसकेपछि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन।

राष्ट्रियसभाको सदस्य र प्रदेशसभाको मुख्यमन्त्री, सभामुखमा पद बाँडफाँड गर्नका लागि कार्यदल गठनमार्फत टुंगो लगाए पनि पार्टी एकताका लागि गठन गर्न भनिएको वैचारिक सैद्धान्तिक र संगठनात्मक दुईवटा कार्यदल गठन हुन सकेको छैन।

सहमति निर्माणका लागि ओली र प्रचण्डबीच पटक–पटक वान टु वान वार्ता भए पनि अध्यक्षकै विषयमा सहमति जुट्न नसकेको एमालेका एक नेताले बताए।

पार्टी एकता प्रक्रियालाई अगाडि बढाउन पार्टी एकता संयोजक समितिको बैठक बसे पनि ओली र प्रचण्डबीच नै मुख्य पद बाँडफाँडमा कुरा मिल्न नसक्दा थप प्रक्रिया अगाडि बढन सकेको छैन।

प्रकाशित मिति: २१ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्