बाबा रामदेव विरुद्ध उजुरी, यसरी पुगे न्यायलय


 



राजस्थान, माघ २० (एजेन्सी)
पतञ्जलीद्वारा उत्पादित विस्कुट प्रचार गरिएअनुसार गुणस्तरीय नभएको भन्दै राजस्थानमा आफू विरुद्ध उजुरी परेपछि बाबा रामदेवले उच्च न्यायलयमा गएर याचिका दर्ता गराएका छन् ।

रामदेवले याचिका दर्ता गरेपछि त्यसमाथि सुनुवाई गर्दै उच्च न्यायालयले उजुरीकर्ता र राज्य सरकारलाई सूचना जारी गर्दै जवाफ माग गरेको छ ।

राजस्थान उच्च न्यायालयले अजमेर निवासी एसके सिंह र राज्य सरकारलाई सूचना जारी गर्दै २० मार्फ भित्र जवाफ पेश गर्न भनेको छ । बाबा रामदेव र आचार्य बालकृष्णसहित आस्था च्यानलविरुद्ध निवेदन दायर गरिएको छ ।

पतञ्जलीको बिस्कुटमा १०० प्रतिशत आटा नभएको र मैदाको प्रयोग पनि भएको दाबी गरिएको छ । यसको विज्ञापन आस्था च्यानलमा देखाएर मानिसलाई भ्रमित पार्ने काम भएको भनिएको छ ।

बिस्कुटको शुद्धता जाँच गरिएपछि भनेअनुसारको गुणस्तरीयता पाइएको थिएन् । त्यसपछि प्रहरीले भारतीय दण्डसंहिताको धारा ४२० र १२० ‘बी’ अनुसार बाबा रामदेवसहित अन्य विरुद्ध मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर गरिएपछि बाबा रामदेवले याचिका दर्ता गराउन पुगेका हुन् । रामदेवले मुद्दालाई चुनौति दिँदै उनले आफ्नो विश्वस्तरमा चर्चा भएकाले बदनाम गराउन खेल खेलिएको बताएका छन् ।

प्रकाशित मिति: २० माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्