पेट्रोलियम पदार्थको मूल्य एक महिनामा तीन पटक बृद्धि, यस्ता छन् तीन कारण


 



काठमाडौं, माघ २०
अन्तर्राष्ट्रिय बजारअनुसार ३ वर्षसम्म मूल्य नघटाएको आयल निगमले १ महिनामै ३ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आयल निगमले १ महिनाको बीचमा ३ पटक मूल्यवृद्धि गरेको छ । निगमले मूल्य बृद्धि हुनुमा तीन कारण रहेको जनाएको छ ।

निगमले इन्धन खरिद गर्दे आएको आईओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको इन्धन सामान्य दरमा बढिरहेको कारण नेपाललाई पठाउने मूल्य पनि बढाएर पठाइरहेको छ । किन्ने मूल्य नै बढेपछि निगमले बिक्री गर्ने मूल्य पनि बढेको हो ।

निगमले आईओसीबाट किन्ने मूल्य बढेपछि पुरानै मूल्यमा बिक्री गर्दा घाटा बढ्छ । त्यसैले नोक्सान क मगर्न प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्न थालेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले नै मन्त्री जयन्त चन्द र सञ्चालक समितिलाई भारतीय आयल कर्पोरेसनबाट बढेर नयाँ मूल्य सूची आउनासाथ नेपाली बजारमा मूल्य बढाउनुपर्ने कारण ब्रिफिङ गर्दै आएका छन् ।

प्रकाशित मिति: २० माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्