सैनिक अभ्यासका क्रममा दुर्घटना, चार सैनिक घाइते


 


काठमाडौँ, १९ माघ
महाराजगञ्जस्थित भैरवनाथ गणमा अभ्यासका क्रममा दुर्घटना हुँदा चारजना सैनिक घाइते भएका छन् ।

नियमित सैनिक अभ्यासका बेला आज बिहान ग्रिनेड विस्फोट हुँदा एकजना सैनिक गम्भीर घाइते र अन्य तीनजना सामान्य घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गम्भीर घाइते भएकाको छाउनीस्थित नेपाली सेनाको अस्पताल र अन्य तीनजनाको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १९ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्