दाहालले एक्लै भेटे स्वराजलाई, के विषयमा भयो कुरा ?


 



काठमाडौँ, माघ १९
नेपालको दुई दिने भ्रमणको क्रममा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि भेट गरेका छन् । होटल सोल्टीमा रहेकी स्वराजसँग दाहालले एक्लै भेट गरेका हुन् ।

दाहाल र स्वराजबीच झण्डै पौने घण्टा भेटबार्ता भएको उनका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए । दाहालले भने स्वराजसँग कुनै गम्भीर विषयमा छलफल नभएको बताएका छन् ।

उनले चुनावपछिको राजनीतिक परिस्थिति र नयाँ सरकार गठनका विषयमा मात्रै कुराकानी भएको बताएका छन् । दाहालले छिमेकीसँग सम्बन्ध सुमधुर बनाउँदै देशलाई स्थायित्व र विकासतर्फ लैजाने पक्षमा रहेको बताए ।

स्वराजले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ ।

स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग हिजो नै भेट गरिसकेकी छन् । दुई दिन भ्रमण सकाउँदै उनी आजै स्वदेश फिर्ता हुनेछिन् ।

प्रकाशित मिति: १९ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्