कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, माघ १९
साताको अन्तिम दिन आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य ५७ हजार तीन सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ ।

आज चाँदी ७ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्