कहाँ पुग्यो पार्टी एकता ? संयोजन समितिकै सदस्यले उठाए प्रश्न


 



काठमाडौं, माघ १९
एमाले–माओवादी एकता अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेपछि एकता संयोजन समितिमै यस विषयमा प्रश्न उठेको छ ।

दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत विषयमा छलफल गरी निचोड निकाल्न जिम्मेवारी दिए पनि अध्यक्षबीचको छलफल अल्झिएपछि समिति सदस्यले नै एकता प्रक्रियामा प्रश्न उठाएका हुन् । आजको अन्नपूर्णमा खबर छ ।

एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको समिति बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीचको छलफलपछि एकता प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्न गरेका थिए ।

श्रेष्ठको त्यस्तो प्रश्नमा ओली–दाहालले एकता कसरी छिटो टुंग्याउने भन्ने स्पिरिटमा छलफल भइरहेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ओली उपचारका लागि बैंकक जानुअगाडि देखि नै दुई अध्यक्षबीच पटक(पटक एक्लाएक्लै वार्ता भएका थिए । माघ १२ र १४ गते पनि दुई अध्यक्षबीच लामो संवाद भएको थियो ।

प्रकाशित मिति: १९ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्