स्वराज र ओलीबीच एक्लाएक्लै बार्ता, राखिन् यस्तो प्रस्ताव


 



काठमाडौं, माघ १९
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वाम विजयका लागि बधाई दिँदै आगामी सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर बिहीबार काठमाडौं आइपुगेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै यस्तो बताएकी हुन् । आजको अन्नपूर्णमा खबर छ ।

ओलीसँग साँझ झन्डै एक घण्टाको एक्लाएक्लै भेटका क्रममा सहकार्य प्रस्ताव गरेकी उनले लगत्तै एमाले नेताहरूसँगको डिनरमा उही आग्रह दोहोर्‍याइन।

निर्वाचनमा एमालेसहितको गठबन्धनलाई बहुमत ल्याएको भन्दै बधाईसमेत दिईन् । दुईदिने नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजले बामगठबनधनसंग राम्रो सम्बन्ध बनाएर संगै काम गर्ने चाहान भएको बताएकी छन् ।

प्रकाशित मिति: १९ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्