आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध बोले शेखर, यसरी खने खोइरो


 



काठमाडौं, माघ १९
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नै पाटी नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले सरकारले गरेको निर्णयले आफूलाई असजिलो महसुश भएको बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

उनले भने, ‘पार्टी र सरकार भन्ने कुरा नैतिकतामा चल्छ । र, नैतिकता भनेको व्यक्तिमा निहित हुन्छ । कामचलाउ भइसकेको सरकारले गरेको निर्णयहरू मलाई पनि मन परेको छैन । मलाई असजिलो लागेको छ ।’

उनले सामाजिक सुरक्षा भत्ता दिने विषयमा भएको निर्णय पनि आफूलाई मन नपरेको बताए । ‘ज्येष्ठ नगारिकको उमेर घटाउने निर्णय गर्नुभन्दा ७७ वटै जिल्लामा अस्पतालसहितको ज्येष्ठ नागरिक आश्रम खोल्ने निर्णय गरेको भए कति राम्रो हुन्थ्यो होला ।’ उनले भने, ‘ प्रम देउवाजी मात्र होइन ओली, प्रचण्ड कसैले पनि हतारमा गलत निर्णय गर्न हुँदैन ।’

साथै उनले कांग्रेस सभापतिले चाँडोभन्दा चाँडो महासमिति बैठक डाकेर एकदेखि डेढ वर्षभित्रमा महाधिवेशन गर्ने निर्णय गर्नुपर्ने जरुरी रहेको बताएका छन् ।

प्रकाशित मिति: १९ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्