फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची


 


काठमाडौँ, १८ माघ
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हवाई इन्धनको मूल्य पाँचले बढाइएको निगमले जनाएको छ । केही दिनअघि मात्र पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।

साता साता दिनमा भाउ बढ्न थालेपछि उपभोक्ता आक्रोशित हुनुका साथै मारमा पनि परेका छन् ।

प्रकाशित मिति: १८ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्