सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?


 



काठमाडौं, माघ १८
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला सात सय ६० रुपैयाँ कायम भएको छ । हिजो चाँदी सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्