प्रदेश नम्बर ३ को पहिलो बैठक आज, यस्तो छ कार्यसूची


 



हेटौडा, माघ १८
प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । प्रदेशको अस्थायी राजधानी हेटौडामा हुने बैठकमा सहभागि हुन प्रदेशका १३ वटै जिल्लाबाट प्रदेश सांसदहरु पुगिसकेका छन् ।

अधिवेशनका लागि विहीबार नै कार्यसूची तयार गरिसकिएको थियो । सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ ।

कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन् । जेष्ठ सदस्य भएकाले डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् । त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।

दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ ।

अन्तरिम कार्यविधि २०७४ को दफा ९६० को उपदफा–१ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने र बैठक समाप्त हुनेछ । सातवटा प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा रहेको यो प्रदेशमा ११० सदस्यीय संसद छ ।

प्रकाशित मिति: १८ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्