आफूविरुद्ध ज्यान मार्ने आरोपमा उजुरी परेपछि प्रधानन्यायाधीसले दिए यस्तो चुनौति


 



काठमाडौं, माघ १८
आफूविरुद्ध ज्यानमार्ने आरोपमा उजुरी परेपछि प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीले आरोपको पुष्टि गर्न चुनौति दिएका छन् ।

उनले पछिल्ला दिनमा आफूमाथि आधारहीन आरोप लगाउने सिलसिलाबद्ध प्रयास भइरहेको दाबी गर्दै यस्तो चुनौति दिएका हुन् । आजको अन्नपूर्णमा खबर छ ।

अहिलेको दुष्प्रचार ममाथि आधारहीन आरोप लगाउने शृंखलाको नयाँ अध्याय मात्र भएको बताउँदै उनले कुनै पनि संवैधानिक पदाधिकारीले कसैलाई ज्यानमार्ने धम्की टेलिफोनमा दिएको भए, त्यसको रेकर्ड, प्रमाण पनि हुने बताए ।

उनले यदि आरोप लगाउनेले, अन्य कसैले वा टेलिकमले प्रमाण देखाउन सके आफूले सार्वजनिक जीवनबाट सन्न्यास लिएर जुनसुकै प्रायश्चित गर्न तयार रहको बताएका छन् ।

यसअघि वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश पराजुलीबाट आफू असुरक्षित रहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । उनले सीडीओ कार्यालयमा सुरक्षाको माग गरेका छन् । पराजुलीले ‘ज्यानमार्ने’ भन्दै धम्की दिएको दाबी भण्डारीको छ ।

उनले डा. गोविन्द केसीको विषयमा सर्वोच्च अदालतमा बहसपैरवी गरेको आधारमा प्रतिशोध साँधी पुस २६ गते साँझ र गत बिहीबार फोनमार्फत धम्क्याएको दाबी निवेदनमा उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: १८ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्