१ सय ५२ बर्षपछि यस्तो देखियो आज खग्रास चन्द्रगहण


 


काठमाडौं, माघ १७
आज १ सय ५२ वर्षपछि खग्रास चन्द्रग्रहण लाग्यो । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनुअघि नै ग्रहण सुरु भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलका अनुसार ५ बजेर ३२ मिनेटमा ग्रहण सुरु हुने भएपनि नेपालमा ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने भएकाले त्योबेलादेखि ग्रहणको स्पर्श भएको थियो।

बेलुकी ८ बजेर ५७ मिनेटमा ग्रहण सकिएको छ ।

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्