प्रधानन्यायाधीसले ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ताले नै दिए उजुरी


 



काठमाडौं, माघ १७
प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।

ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रशासनमा उजरी दिएका हुन् । उनले प्रा.डा. गोविन्द केसीको मुद्दाको विषयलाई लिएर प्रधानन्यायाधीस पराजुलीले ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् ।

अधिवक्ता भण्डारीले आफ्नो ज्यानमाथि खतरा बढेको भन्दै सुरक्षाको माग समेत गरेका छन् ।

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्