कांग्रेस बचाउन जुत्ता पालिस, ४३ वर्षअघिको झल्को


 



काठमाडौं, माघ १७
कांग्रेस नेताहरुले पार्टीको शुद्धिकरणका लागि भन्दै सडक पेटीमा बसेर जुत्तामा पालिस लगाउने अभियान थालेका छन् ।

सहिद दिवसको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै हिजो कांग्रेस नेता चन्द्र भण्डारी, धनराज गुरुङलगायतले जुत्ता पालिस गरेका हुन्। आजको अन्नपूर्णमा खबर छ ।

४३ वर्षअघि पञ्चायती व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाएको अंकुशविरुद्ध लेखकहरूले बुट पालिस अभियान चलाएका थिए।

सोही अभियानको झल्को आउने गरी राजधानीमा कांग्रेस नेता कार्यकर्ताले जुत्ता चम्काउने अभियान चलाए। भर्खरैको चुनावमा कांग्रेसी मत खस्किएको बेला यो अभियान चलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्