सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो ? हेर्नुहोस्


 


काठमाडौं, माघ १६
केही दिनदेखि यथावत रहेको सुनचाँदीको मूल्य आज भने घटेको छ । आज सुन बजारमा तोलामा ४ सय रुपैयाँ घट्दै ५७ हजार रुपैयाँ कायम भएको छ । हिजोसम्म सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला ७ सय ५५ रुपैयाँ कायम भएको छ । हिजोसम्म चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्