यस्तो छ नयाँ मर्यादाक्रम, कसको स्थान कहाँ ? (सूचिसहित)


 


काठमाडौं, माघ १६
सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो ।

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले भने, “आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ ।”

नयाँ मर्यादाक्रममा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको मर्यादा तोकिएको छ । यसअघि निर्धारण गरिएको वरियता क्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेश सांसदको मर्यादाक्रम थिएन ।

कसको स्थान कहाँ ?

१ राष्ट्रपति

२ उपराष्ट्रपति

३ प्रधानमन्त्री

४ प्रधानन्यायाधीश

५ सभामुख प्रदेश प्रमुख

६ पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, मुख्यमन्त्री

७ मन्त्री, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, व्यवस्थापिका संसदका पूर्व

उपसभामुख, संविधानसभाका उपाध्यक्ष, पूर्वसभामुख

८ राज्यमन्त्री, व्यवस्थापिका संसदका विभिन्न समितिका सभापति, अध्यक्ष, प्रदेश मन्त्री

९ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपति

१० सर्वाेच्च अदालतका न्यायधिश, न्यायपरिषदका सदस्य

११ सहायकमन्त्री

१२ व्यवस्थापिका संसदका सदस्य

१३ संवैधानिक निकायका प्रमुख, महान्यायधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, प्रदेश सांसद, संसद सचिवालयका महासचिव

प्रकाशित मिति: १६ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्