यस्ता छन् सार्वजनिक सम्पति विवरण नबुझाउने कर्मचारी, कारबाही गर्ने तयारी


 


काठमाडौं, माघ १६
राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गेर सम्पति विवरण नबुझाउने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ ।

केन्द्रले चालू आर्थिक वर्षको सम्पत्ति विवरण नबुझाउने १९ हजार एक सय ३४ जनालाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने तयारी गरेको हो ।

पटक–पटक ताकेता गर्दासमेत सम्पत्ति विवरण नबुझाएपछि केन्द्रले जरिवानासहित कारबाहीका लागि गर्न सिफारिस गर्दैछ । आजको नयाँ पत्रिकामा खबर छ ।

यो वर्ष राज्य कोषबाट तलब–भत्ता बुझ्ने चार लाख ४९ हजार १३९ मध्ये १९ हजार एक सय ३४ ले सम्पत्ति विवरण बुझाएका छैनन् । नबुझाउनेमा निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरीदेखि पूर्वसांसदसम्म छन् ।

सतर्कता केन्द्रले उनीहरूलाई पाँच हजार जरिवानासहित कारबाहीको सिफारिस गर्न लागेको हो । राष्ट्रिय योजना आयोगका सदस्य डा। गोविन्दराज भट्टले पनि सम्पत्ति विवरण पेस नगरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

सम्पति विवरण नबुझाउने स्वास्थ्य सेवाबाहेक ३ हजार १६८ निजामती कर्मचारी छन् । त्यस्तै, सबैभन्दा धेरै सम्पति विवरण नबुझाउनेमा शिक्षकको संख्या धरै छ । जसमा साढे ८० हजार बढी शिक्षकमध्ये साढे ११ हजार शिक्षकले अझै सम्पति वितरण नबुझाएको पाइएको छ ।

त्यस्त, सशस्त्र प्रहरीका १७ कर्मचारीसहित एक एसएसपी र दुई–दुईजना डिएसपी र इन्स्पेक्टरले पनि सम्पति वितरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) मा सार्वजनिक पद धारण गरेको र सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले साठी दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: १६ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्