प्रदेश नं १ को अधिवेशन माघ २२ गते


 


विराटनगर, १५ माघ
प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुने भएको छ ।

प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले आज साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुनविद्सँग परामर्श गरी अधिवेशन आह्वान गरिएको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको सभा भवनमा पहिलो अधिवेशन शुरु हुनेछ । प्रदेश नं १ मा ९३ जना प्रदेशसभा सांसद छन् ।

१४ जिल्ला रहेको प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित र ३७ जना समानुपातिक गरी कुल ९३ जना सांसद संख्या रहेको छ ।

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्