१७ नक्कली चिकित्सक र सञ्चालक पक्राउ


 


काठमाडौँ, १५ माघ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ उपत्यकाका पाँच अस्पतालबाट १७ चिकित्सक तथा सञ्चालकलाई आज पक्राउ गरेको छ ।

पक्राउ परेकामा एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक रहेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा अपराह्न विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको थियो ।

रक्तचन्दनसहित पक्राउ

ब्यूरोले अवैध रुपमा रक्तचन्दन ओसारपसार गर्ने चार जनालाई पक्राउ गरेको छ । ब्युरोले काठमाडौँ महानगरपालिका–३२ बाट सिन्धुपाल्चोकका जनकबहादुर कार्की, काठमाडौँका कुमार गुरुङ, रुपन्देहीका जनक पन्थी र मोरङका डिल्लीराम लिम्बूलाई आइतबार पक्राउ गरेको हो ।

अवैध रुपमा ओसारपसार गरी खरिदबिक्री गर्न लागेका अवस्थामा प्रहरीले २५० किलोग्राम काठका चिरान पट्टा बरामद गरेको हो ।

अभियुक्तलाई सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अनुसार कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्