चुडामणि विरुद्ध फेरी मुद्दा दायर, चार करोड २९ लाख बिगो दाबी


 


काठमाडौ, माघ १५
अख्तियार दुरुपयोग अनुसन्धान आयनेगले आन्तरिक राजश्व विभागका निलम्बित माहनिर्देशक चुडामणि शर्मालाई विशेष आदलतमा मुद्दा दायर गरेको छ ।

कर फस्र्योट आयोगमार्फत अबैं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा मुद्दा विचाराधिन रहेकै अवस्थामा शर्माविरुद्ध अर्को मुद्दा दायर गरेको हो । झण्डै चार महिना लामो अनुसन्धानपछि शर्मा माथि अभियोगपत्र दायर गरिएको हो ।

गैरकानुनी सम्पत्ति आर्जनको विषयमा बयानका लागि बोलाउदा पनि शर्मा पूरा समय अख्तियारमा उपस्थित भएका थिएनन् । विरामी भएको निवेदन हालेर उनी वयानमा पूरा समय अनुपस्थित रहेका थिए ।

अख्तियारमा उपस्थित भएर दिएको बयान र प्राप्त प्रमाणका आधारमा उनीमाथि अभियोग पत्र तयार भएको अख्तियार स्रोतले बताएको छ ।

तत्कालिन कर फछर्योट आयोगमार्फत अस्वभाविक कर मिनहा दिइएको अभियोगमा उनी गत जेठमा पक्राउ परेका थिए ।

उक्त मुद्दामा उनीसहित आयोगका अध्यक्ष लुम्बध्वज महता र सदस्य उमेश ढकाल विरुद्धको १० अर्ब २ करोड रुपैयाँ बिगोको मुद्दा हाल अदालतमा विचाराधीन छ । कर फछर्योटको बाँकी फाइलमाथिको अनुसन्धान अझै सकिएको छैन ।

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्