सपना पूरा नभएको भन्दै प्रचण्डले गरे पत्रकारलाई यस्तो आह्वान


 



काठमाडौं, माघ १५
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले देखेका सपना पूरा हुन नसकेको भन्दै राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गर्न आह्वान गरेका छन् ।

आज प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले देशलाई अराजकतातिर जान दिन नहुने बताए ।

देशलाई आर्थिक समृद्धितर्फ लैजाने महत्वपूर्ण भूमिका अब बामगठबन्धनको जिम्मेवारी भएको भन्दै उनले जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्ने बताए ।

उनले भने ‘यो कार्य पूरा गर्न पत्रकारको ठूलो भूमिका हुन्छ ।’ यसअघि हतियार युद्धमा कलम, बन्दुक, र मादललाई मुख्य हतियार बनेको भन्दै उनले अबको समय भनेको कलम नै रहेको बताए।

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्