यमनमा सरकारी सेना र विद्रोहीबीच झडप, १५ जनाको मृत्यु


 


यमन, माघ १५
यमनको बन्दरगाह शहरमा सरकारी सेना र दक्षिणी सङ्क्रमणकालिन परिषद् सम्बद्ध शक्तिबीच आइतबार भएका शसस्त्र झडपमा परी दुवैपक्षका गरी कम्तिमा १५ जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

मृतकमध्ये तीन जना सामान्य नागरिक परेका अस्पतालले जनाएको छ । घटनामा दर्जनौँ घाइते भएका बताइएको छ ।

विद्रोहीले आह्वान गरेको ‘शान्तिपूर्ण प्रदर्शन’मा रोक लगाउन सरकारले गरेको कडा निर्देशनलाई पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच खोरमास्कर क्षेत्रमा झडप भएका थियो ।

घण्टौँ लामो शसस्त्र झडपपछि एडेनलाई विद्रोहीले कब्जामा लिएका छन् । रासस÷ एएफ्पी

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्