अन्तिम नामावली प्रकाशन र चिन्ह प्रदान आज


 


काठमाडौं, माघ १५
यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिदै छ ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले आज दिउँसो ३ देखि ४ बजेभित्र उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने जानकारी दिनुभयो । त्यस्तै, दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

नामावली प्रकाशन र चिन्ह प्रदान गर्नुअघि २ बजेभित्र उम्मेदवारले मनोनयन फिर्ता लिने समय छुट्याइएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्