सन्दिप दिल्लीबाट आइपिएल खेल्ने, कति तोक्यो लामिछानेको मूल्य ?


 


काठमाडौ, माघ १४

नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपिएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली खेलाडी हुन् ।

आईतबार भएको अक्सनमा दिल्लीले १७ वर्षिय नेपाली क्रिकेटर सन्दिपलाई भारतीय रुपैयाँ २० लाखमा किनेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखी ग्लेन म्याक्सक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ ।

सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्