सेञ्चुरी बैंकले कति कमायो नाफा ? हेर्नुहोस् यस्तो छ विवरण


 


काठमाडौं, माघ १४
सेञ्चुरी बैंकले ४५ प्रतिशतले नाफा बढाएको छ । बैंकले ३२ करोड ५१ लाख रुपैयाँ नाफा गरेको हो । गत बर्ष पुसको नाफा २२ करोड ३९ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी ७६ करोड १ लाख रुपैयाँ छ । गत बर्ष ५१ करोड ६० लाख रुपैयाँ थियो । बैंकले ५२ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको सेञ्चुरी बैंकले जनाएको छ ।

गत बर्षको पुस महिनामा ३२ अर्ब ६७ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । बैंकको चुक्ता पूँजी ७ अर्ब ६७ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको छ ।

बैंकको पूँजी कोष अनुपात १८.५४ प्रतिशत छ भने खराब कर्जा ०.९९ प्रतिशत छ । बैंकको आधार व्याज दर ८.२४ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । प्रति शेयर आम्दानी ८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्