एमाले- माओवादी कार्यदलको बैठक तीन बजे बस्ने


 


काठमाडौ, माघ १४
नेकपा एमाले र माओवादी कार्यदलको बैठक दिउसो तीन बजे बस्ने भएको छ । मुख्यमन्त्री लगाएतका विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको हो ।

बैठक एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । बैठकले गरेको सिफारिशमा दुबै दलका शीर्ष नेताहरु सहमत भए आजै मुख्यमन्त्रीको टुंगो लाग्ने भएको बताइएको छ ।

प्रदेश र प्रतिनिधि सभा चुनावमा गठबन्धन बनाएर लडेका एमाले र माओबादीसँग ६ प्रदेशमा बहुमत रहेको छ ।

प्रदेश २ र ३ मा एमाले एक्लैको बहुमत छ भने ४, ५, ६ र ७ मा दुई पार्टी मिले सहजै बहुमत पुग्छ । ६ मध्य एमालेले ४ र माओबादीले २ प्रदेशको मुख्यमन्त्री पाउनेगरी छलफल भइरहेको छ ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्