बाढी पीडितलाई खाद्यान्न वितरण


 


राजविराज, माघ १४
सवल नेपालले सप्तरीको लौनियाका बाढी पीडितलाई शनिबार खाद्यान्न सामग्री वितरण गरेको छ ।

साबिकको लोनियाँ गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका-२ का बाढी प्रभावित ४०० घरधुरीलाई सो राहत सामग्री वितरण गरिएको सवल नेपालका प्रमेश्वर झाले बताउनुभयो ।

युएनडिपीको सहयोगमा सवल नेपालले त्यहाँका पीडितलाई जाडोबाट जोगिनका लागि एक थानका दरले कम्बल, बच्चालाई लगाउने सुतिको कपडा, बाल्टिन, मग, सुधारिएको चुल्लो, हायजिङ किट लगायतका सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रजिअ भगिरथ पाणडे, सशस्त्र प्रहरी बल सप्तरीका प्रमुख रामाधार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख शतिश सिँह ,उपप्रमुख सुचिताकुमारी यादव, सवल नेपालका अध्यक्ष जुना गिरी लगायतको सहभागिता रहेको थियो ।

यसैबीच सप्तरी जिल्लाको बाढी प्रभावित विभिन्न ठाउँका छ हजार घरपरिवारलाई राहत सामग्री वितरण गर्ने योजना गरेको सवल नेपालले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्