रूसी राष्ट्रपतिकी छोरीले गरिन् अरबपति श्रीमानसंग ‘डिभोर्स’, यस्तो छ कारण


 


रुस, माघ १४ (एजेन्सी)
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी क्याटरिना टिकोनोवाको श्रीमानसंग सम्बन्ध विच्छेद भएको छ । क्याटरिनाले श्रीमान ३५ वर्षीय किरिल शामलोवसंग सम्बन्ध विच्छेद गरेकी हुन् । उनी रुसका युवा अरबपति हुन् ।

उनले पति झाँना वोल्कोवा नामकी महिलासंग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि सम्बन्ध विच्छेद गरेको बुझिएको छ । यस बीचमा किरिलले आफ्नो आधा सम्पति गुमाएका छन् ।

पछिल्लो वर्ष उनको करीब १.३ अरब डलर सम्पत्ति सकिएको थियो । तर, रूसी सरकारले उसलाई पुटिन परिवारको निजी मामला भनेको छ । यसमा किरिल र वोल्कोवाले पनि कुनै टिप्पणी गरेका छैनन् ।

वोल्कोवा लण्डनमा बस्दै आएकी छन् । यस भन्दा पहिले उनको विहे मास्कोका एक वरिष्ठ अधिकारीसंग भएको थियो । ३१ वर्षीया क्याट्रिनाले २०१३ मा उद्यमी किरिलसंग विहे गरिकी थिइन् ।

किरिल लामो समयसम्म पुटिन साथी रहेका निकोले शामलोवका छोरा हुन् । क्याट्रिनालाई रूसमा राम्रो ‘डान्सर’ का रुपमा पनि चिन्ने गरिन्छ । २०२४ मा पुटिन उनलाई आफ्नो उत्तराधिकारी पनि चुन्न सक्ने भन्ने कुराले पनि चर्चा पाएको छ ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्