प्रचण्ड र ओलीको एक्लाएक्लै बार्ता, अध्यक्ष र प्रधानमन्त्रीमा कसको आँखा कहाँ ?


 


काठमाडौं, माघ १४
पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले–माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ–आफ्नै रणनीतिमा देखिएका छन्। शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक–अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। आजको अन्नपूर्णमा खबर छ ।

सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो।

ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा छ। सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिन्छन्।

यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक् विषय बनाई अलग-अलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन्।

तर, दाहाल ओलीको यो भनाइसँग सहमत देखिन्नन्। उनले शनिबार नै चितवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताको विषय आज–भोलि नै निष्कर्षमा पुग्ने र सरकार गठनअगाडि नै माओवादीको कुरा गर्ने हो भने जनभावनाअनुसार पार्टी एकता गर्ने भन्नेमा रहेको बताए।

फागुन पहिलो साता सरकार गठन प्रक्रियाले गति लिने भएपछि माओवादी अध्यक्ष दाहाल त्योभन्दा अगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिन खोजिरहेका छन्। ओली प्रधानमन्त्री हुँदा उनले एकीकृत पार्टीको अध्यक्ष आफू हुनुपर्ने तर्क छलफलक्रममा अगाडि सारेका छन्।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्