आज दिनभरी देशभरमा के-के घट्ना घट्यो ?


 


काठमाडौं, माघ १३

कटुवा पेस्तोल र गोली सहित पक्राउ

१३ माघ बारागढी गाउँपालिका–१ बसतपुरटोल बस्ने ३२ बर्षीय धर्मेन्द्र प्रसाद यादवलाई प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली र विभिन्न कम्पनीका १४ थान मोबाईल सहित पक्राउ गरेको छ ।

यादवले पेस्तोल र चोरीका बिभिन्न मोवाइलहरु विक्री वितरण गर्ने गरेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त पेस्तोल, गोली र मोवाइल बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ 

सिराहा, १३ माघसप्तरीको बोदे बरसाइन नगरपालिका–१० बस्ने २४ बर्षीय महेश चौधरी र २४ बर्षीय सुरेश यादबलाई प्रहरीले अबैध लागूऔषध डाईजेल्याप–५ एम्पुल,लुपिजेसिक–५ एम्पुल, फेनारगन–५ एम्पुल, नाईट्रोजन ट्याब्लेट १ सय ३० थान र गाँजा २ सय ग्राम  सहित पक्राउ गरेको छ ।

लहान नगरपालिका–३ स्थित ठाडीचोकमा खटिएको प्रहरी टोलीले शनिबार उनीहरु सवार बा.२१प ६७२६ नम्बरको मोटरसाइकल चेक गर्दा उनीहरुको साथबाट उक्त लागूऔषध बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, १३ माघ

धनुषा  गणेशमान चारनाथ नगरपालिका–८ कमलापुल नजिकै काठमाडौबाट झापातर्फ जाँदै गरेको बा.९च ३३१४ नम्बरको सुमो गाडी अनियन्त्रित भई करीब २५ मिटर तल रहेको पोखरीमा खसेर दुर्घटना हुदाँ संखुवासभाको धर्मादेवी नगरपालिका–९ बस्ने २९ बर्षीय नयाराज जिमि सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनास्थलबाट प्रहरी टोलीले सुमो चालक झापाको कमला गाउँपालिका–५ बस्ने २८ बर्षीय सन्दीप प्रसाद खरेल सहित ५ जनालाई सकुशल उद्दार गरेको छ ।

ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ बर्णालु स्थित भित्रीसडक खण्डमा शनिबार बा.२ख ९५६४ नम्बरको टिपरले ढुङ्गा अनलोड गरी पछाडी सार्ने क्रममा पछाडीको चक्काले किचेर सडकमा ज्यामी काम गर्ने सोलुको दुधकुण्ड नगरपालिका–८ घर भएका १९ बर्षीय बिवाईसी तामाङको घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

सिन्धुली  कमलामाई नगरपालिका–८ करकरे स्थित बिपि राजमार्गमा काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा.३ख ८५३० नम्बरको माईक्रोबस पल्टिएर दुर्घटना हुंदा चालक सहित १० जना घाइते भएकोले उपचारको लागि जनसेवा अस्पताल बर्दिबास पठाइएकोमा उपचारको क्रममा भारत बिहार मधुवनी जन्हारपुर मिथिलाजित बस्ने महमद कलिमको ५ बर्षीया छोरी नागरिन खातुनको मृत्यु भएको छ ।

सल्यान श्रीनगरबाट फारुलाको लागी जाँदै गरेको रा.१त २९४९ नम्बरको ट्याक्टर गएराति दार्मा गाउँपालिका–३ ढुवाङमा पल्टिएर दुर्घटना हुदाँ सहचालक सोही ठाउँ बस्ने २१ बर्षीय शुरेस रोकायको च्याप्पिएर घटनास्थलमै मृत्यु भएको  छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलबस्तु  बाणगंगा नगरपालिका–८ लौगाईस्थित भित्रि सडकखण्डमा लु.२त ६६७३ नम्बरकोे ट्याक्टरले पैदल यात्री प्युठानको हँसपुर बस्ने २५ बर्षीय सलावत मियालाई शुक्रबार ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।  फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

सर्लाही ईश्वरपुर नगरपालिका–५ फुलजोर चौकीस्थित पूर्ब–पश्चिम लोकमार्गमा ना.४ख ३३९५ नम्बरको  टिपर र ज.१च १५१८ नम्बरको पिकअप गाडी शुक्रबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा पिकअप चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–४ बस्ने ४९ बर्षीय अशोक भण्डारी गम्भीर घाइते भएकोले उपचारको लागि चुरे हिल अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथर याङबरक गाउँपालिका–३ स्थित भित्रि सडकखण्डमा ग.१ज ६०८५ नम्बरकोे जिप शुक्रबार अनियन्त्रित भई सडकबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १९ बर्षीय प्रबेश योङया र १६ बर्षीय सन्दिप योङयाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएकोले  उपचारको लागि जिल्ला अस्पताल पाँचथरबाट थप उपचारको लागि झापाको विर्तासीटी अस्पतालमा लगिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी 

काठमाडौं, १३ माघ काठमाडौं  गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सार्की टोलमा डेरा गरी बस्ने सिन्धुलीको दुधौली नगरपालिक घर भएका रुद्र बहादुर रावतको कोठाबाट शुक्रबार सुनका गरगहना र नगद २० हजार रुपैयाँ सहित  करीब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

भक्तपुर  चाँगुनारायण नगरपालिका–४ ब्यासी बस्ने त्रिलोचन घिमिरेकोे घरबाट शुक्रबार नगद ७० हजार रुपैयाँ तथा सुनका बिभिन्न गरगहना गरी करीब १ लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको स्थानीय प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  छ ।

मृत अवस्थामा फेला

१३ माघ खोटाङ रुपाकोट मझवागढी नगरपालिका–४ रमाईलोटोल बस्ने ५१ बर्षीया तिर्थ कुमारी राई शुक्रबार  आप्mनै घर नजिक बारीमा मृत अबस्थामा फेला परेकी छिन् ।

काठमाडौं  टोखा नगरपालिका–९ म्याग्दीचोक डेरा गरी बस्ने स्याङजाको कृष्ण गण्डकी घर भएका ३८ बर्षीया टिवीसरा घर्ती शुक्रबार आफ्नै डेरा कोठामा मृत अबस्थामा फेला परेकी छिन् ।

ललितपुर बाग्मती गाउँपालिका–१ धुसेल मानेगाँउस्थित सडक किनारामा शुक्रबार मकवानपुरको हटिया घर भएका ४५ बर्षीय केदार बास्तोला मृत अबस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट क्षति 

भक्तपुर, १३ माघ चाँगुनारायण नगरपालिका–१ दुवाकोटबेशी स्थित उदयपुर घर भएका बालबहादुर आलेले संचालन गरेको बंगुर फारमको टिनको टहरामा शनिबार ग्याँस लिक भई आगलागी हुँदा करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्