जाडोका कारण १५ जनाको मृत्यु, तापक्रम माइनस २५ डिग्री


 


बिस्केक, माघ १३

जाडो मौसममा अत्यधिक चिसोका कारण किर्गिस्तानको राजधानीमा १५ जनाको मृत्यु भएको छ ।

यस जनवरी महिना भरीमा मारिएहरूका ती सबै जना घरबिहीन नागरिक रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
शरीरको ताप एक्कासी कम हुने समस्याका कारण उनीहरूको मृत्यु भएको पत्ता लागेको छ ।

घरबिहीन नागरिकहरूलाई सहयोगका लागि बिस्केकमा चार वटा शिविर स्थापना गरिएका छन् । ती शिविरहरूमा तातो खानेकुरा र प्रत्येक दिन चिकित्सकहरूको प्रत्यक्ष निगरानीको व्यवस्था गरिएको छ ।

प्रहरीले राजधानी शहर बिस्केकमा २३९ जना मानिस घरबिहीन रहेको पाइएको जनाएको छ । किर्गिस्तानमा यही जनवरी २६ देखि २९ सम्म अत्यधिक जाडोले सताउने पूर्वानुमान गरिएको छ । साथै चिसोबाट जोगिन उच्च सतर्कता अप्नाउन पनि आह्वान गरिएको छ ।

किर्गिस्तानको वायुको तापक्रम रातिमा माइनस २५ डिग्री सेल्सियस र दिउँसोमा माइनस १५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्