धनुषामा जीप दुर्घटना, ६ जनाको मृत्यु


 



झापा, माघ १३
आज विहान धनुषामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट यात्रु बोकेर झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको जीप बिहान साढे दुई बजे गणेशमान चारनाथ नगरपालिका–८ कमलापुलनजिकै दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

दुर्घटनामा संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल र मोरङकै पह्लाह न्यौपाने, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको मृत्यु भएको छ ।

घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । जीप दुर्घटनाको कारण भने खुलेको छैन ।

यस्तै, पाँचथरको याङ्वरकमा पनि जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गएराति स्थानीय बारिबुङ्गबाट योयाङ्ग बजारतर्फ यात्रु लिएर जादै गरेको ग १ ज ६० ८५ नम्बरको जीप दुर्घटना हुँदा याङ्वरक गाउपालिका–३ का १९ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङयाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएको पाँचथर प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्