मृगौला पीडित गुरुङलाई सहयोग गर्न परिवारको अपील


 


मोरङ, माघ १३
मोरङको कानेपोखरी गाउँपालिका–४ साबिकको बयरबन गाविस ६ कि ३२ बर्षिया मृगौला पीडित दिलुमाया गुरुङको उपचारका लागि परिवारले सहयोगको याचना गरेको छ ।

गुरुङ लामो समयदेखि दुबै मृगौला फेल भएर उपचाररत छिन् । काठमाडौको मनमोहन हस्पिटलमा हरेक हप्ता उनको डाईलासिस हुँदै आएको छ ।

उनको मृगौला प्रत्यारोपणका लागि आमाले मृगौलादान दिने भएपनि खर्च अभावका कारण उपचार अगाडि बढ्न नसकेको परिवारजनले बताएका छन् ।

दुई सन्तानकी आमा रहेकी गुरुङले सबैसँग सहयोगको अपिल गरेकी छिन् उनले भनेकी छिन् म बाँच्न चाहन्छु । उनलाई सहयोग गर्न चाहनुहुनेहरुले खाता नम्बर दिलुमाया गुरुङ नेपाल बंगलादेश बैंक  A/C no 01901521GB मा जम्मा गर्न सक्नुहुनेछ । साथै उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

काठमाडौ सुरेश गुरुङ +9779807092818

मोरङ उदिप लिम्बु +9779811331079

दोहा कतार महेश गुरुङ  +97430969825

दोहा कतार किरण कटुवाल +97450107623

साउदी अरब  सुबिन राई +966591995409

दुबई (अबुदाबी) पारस शर्मा +971553415130

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्