वृद्धभत्ताका लागि कुन–कुन नेता योग्य ? (नाम र उमेरसहित)


 



काठमाडौं, माघ १३
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले एकपछि अर्को निर्णय गर्दै गइरहेको छ । अहिले भर्खरै २०५१ सालमा एमालेबाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले थालेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत देउवाले वृद्धभत्ता पाउनेको उमेर ६५ बनाइदिएका छन् ।

यसअघि ७५ वर्षमाथिकालाई वृद्धभत्ता दिने गरी सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको थियो । आजको अन्नपूर्णमा खबर छ ।

कुन–कुन नेताले खाने भए बृद्धभत्ता ?
बृद्धभत्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा (७१ वर्ष), एमाले अध्यक्ष केपी (६६ वर्ष), एमाले नेता माधव नेपाल (६५ वर्ष), वामदेव गौतम (७३ वर्ष), रामचन्द्र पौडेल (७३ वर्ष), झलनाथ खनाल (६७ वर्ष), महन्थ ठाकुर (७० वर्ष) योग्य भइसकेका छन् ।

त्यस्तै, कृष्णप्रसाद सिटौला (६८ वर्ष), सुभाष नेवाङ (६५ वर्ष) योग्य भइसकेका छन् । त्यसैगरी कांग्रेस नेता गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङ लगायतका नेता समेत बृद्धभत्ता खान पाउनेछन् ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि बृद्धभत्ताका लागि दुई वर्ष कुर्नुपर्ने छ ।

 

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्