सातवटै मुख्यमन्त्रीको कार्यालयसहित एक–एक मन्त्रालयमा खटिए सचिव, कुन प्रदेशमा को ?


 



काठमाडौं, माघ १३
सरकारले सातवटै प्रदेशको मुख्यमन्त्रीको कार्यालय र एक÷एक मन्त्रालयमा सचिव शुक्रबार थप एक सय ७७ कर्मचारी प्रदेशमा खटाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ सहसचिव, २१ उपसचिव, ४२ अधिकृत र सय सुब्बा-खरदार तहका कर्मचारीलाई प्रदेशको काममा खटाएको हो । नयाँ पत्रिकामा खबर छ । प्रदेशमा खटिने सहसचिवलाई सचिवको जिम्मेवारी दिएर खटाइएको छ ।

यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि सहसचिवदेखि कम्प्युटर अधिकृतसम्मका ९७ कर्मचारीलाई खटाएको थियो ।

प्रदेश संरचना सञ्चालनका लागि कम्तीमा पाँच हजार कर्मचारी पठाउनुपर्ने सरकारको आन्तरिक तयारी छ । अहिलेसम्म दुई चरणमा दुई सय ७४ कर्मचारी प्रदेश कार्यालयमा पुगेका छन् ।

मुख्यमन्त्रीको कार्यालय
सन्तोष श्रेष्ठ : प्रदेश १
हरि फुँयाल : प्रदेश २
रमेशप्रसाद सिवाकोटी : प्रदेश ३
लालमणि ओझा : प्रदेश ४
जितेन्द्र काफ्ले : प्रदेश ५
यज्ञराज बोहरा : प्रदेश ६
प्रदीपराज कँडेल : प्रदेश ७

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटिने
यज्ञबहादुर खत्री : प्रदेश १
देवीराम भण्डारी : प्रदेश २
बलदेवप्रसाद जोशी : प्रदेश ३
फणीन्द्रमणि पोखरेल : प्रदेश ४
प्रेमप्रसाद भट्टराई : प्रदेश ५
केशवराज आचार्य : प्रदेश ६
पीताम्बर घिमिरे : प्रदेश ७

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्