राजधानी जहाँ भए पनि सरकारी कार्यालयहरु प्रमुख शहरमै राखिने : दाहाल


 


नेपालगञ्ज माघ १२
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रादेशिक राजधानी जहाँ भए पनि प्रादेशिक मन्त्रालय तथा ठुला सरकारी कार्यालयहरु प्रमुख शहरहरुमा राखेर सबै क्षेत्रको विकासलाई अगाडी बढाइने बताएका छन् ।

बाँकेको नेपालगञ्जमा प्रादेशिक महोत्सवको उद्घाटन गर्दै उनले जनतालाई अन्याय हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रादेशिक राजधानीको माग गदै भइरहेका आन्दोलन र स्थानीय जनताको भावनालाई संम्बोधन गर्न प्रमुख शहरहरुमा भएका क्षेत्रीयस्तरका सरकारी कार्यालयहरु अन्यत्र नसार्ने र नयाँ कार्यालय र प्रादेशिक मन्त्रालय प्रमुख शहरहरुमै हुने दाहालले बताएका हुन् ।

बामपन्थी गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक विकासको काममा तीव्रता दिने उनले बताए ।

अध्यक्ष दाहालले भ्रष्टाचारलाई अन्त्य गरी सबै नागरिकप्रति समान व्यवहार गर्न पनि अब नयाँ सरकार सचेत रहेको स्पष्ट पारे ।

अध्यक्ष दाहालले राज्यले आफ्ना नागरिकप्रति भेदभाव गर्न नहुनेसमेत उल्लेख गर्नुभयो । अध्यक्ष हालले नेपालगञ्जलाई औद्योगिक शहरको रुपमा विकास गरिनेसमेत जानकारी गराए ।

नेपालगञ्ज विमानस्थलको स्तरोन्नति र अन्य पूर्वाधार विकास गरेर यहाँको विकासमा तिब्रता दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्