कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो


 


भद्रपुर, माघ १२
तीनवटा नगरपालिकाबाहेक झापाका सबै स्थानीय निकाय पूर्ण खोपमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झपामा गाउँपालिका सबै पूर्णखोप घोषण भईसकेको र नगरपालिकामा विर्तामोड, दमक र मेचीनगर नगरपालिका मात्र घोषणा हुन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोईरालाले बताउनुभयो ।

झापाको बाढी प्रभावित क्षेत्रमा पाँच वर्षमुनिका बालबालिकालाई पोषणयुक्त तयारी लिटो खुवाउने कार्यक्रम सञ्चालनमा रहेको बताइैएको छ ।
अतिशीघ्र कुपोषित बालबालिकालाई वर्गिकरण गरी पोषणयुक्त खानेकुरा बालबालिका पेर्ण रुपमा स्वास्थ्य नहुन्जेलसम्म कार्यक्रम सञ्चालन रहने प्रमुख कोईरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्