राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागू, क–कसलाई लाग्छ आचारसंहिता ?


 



काठमाडौं, माघ १२
यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु भएको छ ।

सरकारदेखि सरकारका मन्त्री, प्रदेशदेखि र स्थानीय तह, सुरक्षा निकाय, पर्यवेक्षक कर्मचारी,संचारमाध्यम, राजनीतिक दल, तिनका भातृ संगठन, उम्मेदवार एवं सार्वजनिक पद धारण गरेका लगायत सबैलाई आचारसंहिता लागू हुने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

निर्बाचन आचारसंहिता लागु भएका कारण आचारसंहिता उल्लंघनका क्रियाकलाप नगर्न आयोगले निर्देशन समेत दिएको छ ।

राष्ट्रियसभाका लागि हरेक प्रदेशबाट ८–८ जनाको दरले ५६ जना निर्वाचनबाट चुनिने र तीन जना सरकारको सिफारिसरमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभाका लागि ५९ सदस्यीय समिति बन्नेछ । १७ जना यसअघि नै निर्विरोध भइसकेका छन् ।

प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्