माओवादी केन्द्रलाई धक्का, केन्द्रीय नेताले पार्टी छोडे


 



काठमाडौं, माघ १२
माओबादी केन्द्रका केन्द्रीय सदस्य विष्णु भण्डारीले पार्टी छोडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका हुन् ।

पार्टीले अब क्रान्तिको बाँकी कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै पार्टी परित्याग गरेको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घको उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घको अध्यक्ष समेत रहेको भण्डारीले सबै जिम्मेवारीबाट अलग्गिएको घोषणा गरेका छन् ।

उनले स्टाटसमा लेखेका छन्, ‘जति गरियो मन लागेर गरियो । इमान्दारिताका साथ गरियो । पार्टी र लेखक सङ्घमा रहेर निकै कुरा सिक्ने अबसर मिल्यो । निकै नजिकबाट आन्दोलनलाई बुझ्ने र पढ्ने मौका पाइयो । मलाई माओवादीले उठाएका मुद्धा र विषयले आकर्षित गरेका थिए । विषय र वस्तुलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छन् ।’

उनी अगाडि लेख्छन्, ‘अब भने उसले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्दैन भन्ने लागेको छ । म गलत पनि हुन सकूँला । केही साथीलाई मैले लिएको निर्णय गलत लाग्न सक्ला । कसैलाई ठिक । जसलाई जस्तो लागे पनि अबका दिनमा माओवादी केन्द्रमा बसेर सँगै हिँड्न नसकिने निस्कर्षमा पुगेको छु ।’

यस्तो छ, भण्डारीको स्टाटस

 

प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्