सुनचाँदीको मुल्य घट्यो, कतिमा झर्यो हेर्नुहोस्


 


काठमाडौं, माघ १२
नेपाली बजारमा आज साताको अन्तिम दिन (शुक्रबार) फेरी सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ ।

आज सुन प्रतितोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, हिजो प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्