बामगठबन्धनले बनायो प्रदेश मन्त्रिपरिषद्को आकार, कुन प्रदेशमा कति ?


 


काठमाडौं, माघ १२
एमाले र माओवादी केन्द्रले प्रदेश सभा सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी प्रदेश मन्त्रिपरिषद् बनाउने आन्तरिक सहमति गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रिय सभामा उम्मेदवारी दर्तालगत्तै वाम गठबन्धन कार्यदलले प्रदेश मन्त्रिपरिषद्को आकारमा समझदारी जुटाएको हो । सातमध्ये प्रदेश १, ३, ४, ५, ६, र ७ सहित ६ वटा प्रदेशमा बहुमत रहेका कारण वाम गठबन्धनले सहजै सरकार बनाउन सक्छ ।

प्रदेश २ मा भने सरकार बनाउन मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम र राजपाको बहुमत पुग्छ । कार्यदलमा प्रदेश सभा सदस्य संख्याको बढीमा १० प्रतिशत नबढ्ने गरी मन्त्रिपरिषद् गठन गर्ने समझदारी भएको छ ।

कुन प्रदेशमा कति सदस्यीय मन्त्रिपरिषद् ?
९३ सिट संख्या रहेको प्रदेश नम्बर १ मा बढीमा नौ जना, १०७ सिट संख्या रहेको २ नम्बर प्रदेश र ११० सिट संख्या रहेको ३ नम्बर प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने सहमती भएको छ ।

त्यस्तै, ६० सिट संख्या रहेको ४ नम्बर प्रदेशमा बढीमा ६ जना, ८७ सिट संख्या रहेको ५ नम्बर प्रदेशमा बढीमा नौ जना, ४० सिट संख्या रहेको ६ नम्बर प्रदेशमा बढीमा चार जना र ५३ सिट संख्या रहेको ७ नम्बर प्रदेशमा बढीमा पाँच सदस्यी मन्त्रिपरिषद् बनाउने सहमति भएको छ ।

 

प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्