अध्यक्ष प्रचण्ड वली आफै ठेकेदार बनेर लागे कमाउ धन्दामा


 



जाजरकोट, माघ १२
नलगाड नगरपालिका–३ का वडाध्यक्ष प्रचण्ड वली आफै ठेकेदार बनेर कमाउ धन्दामा लागेका छन् ।

छेप्का(डाँडागाउँ–कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ खर्चेर निर्माण भएको मोटरबाटोमा गाडी गुड्न थालेपछि मात्र उपभोक्ता समिति गठन गरियो।

उपभोक्ता समितिमार्फत निर्माण गर्नुपर्ने योजना उपभोक्ता समिति नै गठन नगरी वडाध्यक्ष आफैं संलग्न भई काम सकेको स्थानीयको आरोप छ। वडाध्यक्ष वलीले काम सम्पन्न भएपछि पार्टीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रबहादुर पुनलाई उपभोक्ता समितिको अध्यक्ष बनाएका छन्। आजको अन्नपूर्णमा खबर छ ।

छेडागाड नगरपालिकाका(११ का वडाध्यक्षले चुनाव जितेपछि डोजर किनेका छन्। उनले पनि नगरपालिकाको छेडा(थलह सडक मर्मत गर्ने ठेक्का लिए। अहिले यो सडकमा बस सेवा सञ्चालनमा छ।

नगरपालिकाले उक्त सडक निर्माण तथा मर्मतका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यहाँ पनि न टेन्डर आह्वान गरियो न उपभोक्ता समिति नै बनाइयो।

अहिले बिल भर्पाई पारित गराउन प्रक्रिया पुर्‍याउने काम भइरहेको स्थानीय कालीबहादुर खत्रीले दाबी गरे। नगरप्रमुख लालबहादुर महताराको निर्देशनमा खनिएको त्यो बाटोमा कति खर्च भयो स्थानीयलाई जानकारी नदिइएको खत्रीको भनाइ छ।

प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्