अख्तियारको निगरानीमा रहेका चूडामणि शर्मा फरार !


 


काठमाडौं, माघ १२
अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेका आन्ततिरक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा फरार भएका छन् । जनता पोस्टमा खबर छ ।

कर फट्र्यौट आयोगको मुद्दामा विशेष अदालतबाट एक करोड धरौटीमा छुटेका शर्मालाई अख्तियारले अकुत सम्पत्तिको अनुसन्धानमा तानेको थियो ।

अनुसन्धान अन्तिम चरणमा पुग्न लाग्दा शर्मा फरार भएका हुन् । शर्माले तीनपटक अख्तियारमा बयान दिएका थिए । बयानकै क्रममा उनले आफू बिरामी परेकाले बयानका लागि आउन नसक्ने निवेदन अख्तियारमा पेश गरेका थिए ।

शर्मा फरार भएसँगै अख्तियारले उनका नाममा पुर्जी काटेको छ । यद्यपि, उनी फेला नपरेको र अख्तियारले उनलाई जहाँ भेट्यो त्यहीँ समात्ने जनाएको पत्रिकाले लेखेको छ ।

प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्