नवराज सिलवालबारे केपी ओलीको यस्तो आयो धारणा


 


काठमाडौं, माघ ११
एमाले अध्यक्ष केपी शर्माओलीले ललितपुर जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद नवराज सिलवाललाई वर्तमान सरकारले असुरक्षित बनाएको आरोप लगाउँदै सिलवालको कीर्ते मुद्दासम्बन्धी विषयमा नयाँ सरकारले छानबिन गरेर दोषीलाई कारबाही गर्ने बताउनुभयो ।

बिहिबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी थप्ने गृहकार्य भइरहेकामा त्यसको विरोध गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रियाबारे कुनै आशंका नराख्न आग्रह गर्दै वाम गठबन्धन फुटाउन खोजिएका प्रयास कुनै हालतमा सफल नहुने दाबी गर्नुभयो ।

पार्टी एकता र नयाँ सरकार गठन प्रक्रिया सँगसँगै अघि बढ्ने भन्दै उहाँले एकतापछि नेताहरुको कार्यविभाजनको विधिमा छलफल भइरहेको बताउनुभयो ।

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्