उच्च अदालतका मुख्य चार न्यायाधीशद्धारा सपथ ग्रहण


 


काठमाडौ, माघ ११
उच्च अदालतका नवनियुक्त चार जना मुख्य न्यायाधीशहरुले आज पद तथा सपथ लिएका छन् ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज उच्च अदालतका चार जना नवनियुक्त मुख्य न्यायाधीशहरु नहकुल सुवेदी, उदयप्रकास चापागाँई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नवनिउक्त मुख्य न्यायाधीश सुवेदीलाई उच्च अदालत तुलसीपुर, चापागाँईलाई उच्च अदालत जनकपुर, बस्यालालई उच्च अदालत दिपायल र पोअरेललाई उच्च अदालत सुर्खेत पद स्थापना गरिएको छ ।

यसअघि सुवेदी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, चापागाँई उच्च अदालतको जनकपुरको न्यायाधीश र पोखरेल उच्च अदालत तुलसीपुर बुटवल इजलासको न्यायाधीस पदमा कार्यरत रेका थिए ।

न्याय परिषदको पुस २० गते बसेको बैठक चारै जनालाई यच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सपथग्रहण समारोहमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार एशोसिएशनका पदाधिकारीलगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्