काे थिए एसएसपी न्यौपाने ?


 


भोजपुर, भदाै ७

एसएसपी लssp laxman neupaneक्ष्मण न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०१९ सालमा जन्मिएका उनि २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

न्यौपाने २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् । न्यौपानेको परिवार भोजपुरबाट ०२६ सालमा झापाको चन्द्रगढी बसाँइ सरेकाे हाे । गोगने गाविस वडा न‌ं ४ बाट झापा बसाँइ सरेका न्यौपाने काठमाडौंको सिनामंगल बस्दै अाएका थिए ।  उनको श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

परिवारका छ भाइ छाेरा मध्य उनि काँइला छोरा थिए । कैलालीको टिकापुरमा थरूहट पक्षधर आन्दोलनकारीद्वारा सोमबार न्यौपाने मारिएपछि भोजपुरमा रहेका उनका अाफन्त शोकाकुल भएका छन् ।

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्