कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाण्डौ, माघ ११
आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५७ हजार २ सय रुपैयामा कारोबार भएको सुन आज प्रतितोला ६ सय रुपैयाका दरले फेरी बढेको छ ।

आज सुन प्रतितोला ५७ हजार ८ सय रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्