सिलवालले भने-सरकारबाटै असुरक्षित छु, यस्तो निकाले पाँच बुँदे विज्ञप्ति


 



काठमाडौं, माघ ११
प्रहरीको फरार लिष्टमा परेका ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्व डीआईजी नवराज सिलवालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नै आफू असुरक्षित भएको बताएका छन् । उनले आफूमाथि सरकारले ज्यादति गरेको आरोप लगाएका छन् ।

सिलवालले विज्ञप्ति सार्वजनिक गर्दै बर्तमान सरकारले सर्वोच्चले शूरुमा गरेको फौसला र पछिल्लो पटकको फौसला हुदाँ आफ्ना कागजपत्र सरकार पक्षले फेरबदल गरेको र उनीहरुको छानवीन गरेको भन्दै कारबाही गर्न माग समेत गरेका छन् ।

सर्वोच्च अदालतको निर्णयको आफूले पूर्ण सम्मान गर्ने भन्दै उनले नयाँ सरकारपछि मात्रै घटनाको अनुसन्धान प्रक्रियामा सहभागी हुने बताए ।

प्रहरी महानिरीक्षक नियुक्तीको बेला कार्यसम्पादन मुल्यांकनमा गढबढ भएको भन्दै उनले घटनाको निष्पक्षम छानविन गर्नुपर्ने बताएका छन् ।

 

हेर्नुहोस् विज्ञप्ति

 

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्